वेष्ट इन्डिज भ्रमणका लागि भारतीय टिम घोषित, कप्तान विराट नै, ऋषभलाई मौका

Agency

वेष्ट इन्डिज भ्रमणका लागि भारतले आफ्नो टिमको घोषणा गरेको छ। आइतबार बसेको भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) को बैठकले विराट कोहलीको कप्तानीमै टेस्ट, एकदिवसीय टि–२० टिम घोषणा गरेको छ।

महेन्द्रसिंह धोनीले विश्राम लिएपछि उनको स्थानमा ऋषभ पन्तलाई विकेटकिपरमा छनोट गरिएको छ।

टेस्ट टिमको उपकप्तान अजि‌क रहाणेलाई नियुक्त गरिएको छ। एकदिवसीयमा भने रोहित शर्मा उपकप्तान रहने छन्।
विश्व कपको सेमिफाइनलबाट टिम बाहिरिएपछि कप्तान कोहलीको भूमिकाको विषयमा प्रश्न उठेको थियो। तर, बोर्डले उनैलाई नेतृत्व सुम्पिएको छ।

टेस्ट टिम

विराट कोहली (कप्तान), रहाणे (उपकप्तान), मयंक अग्रवाल, केएल राहुल, सी पुजारा, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त (विकेट किपर), रिद्धिमान साहा, आर अश्विन, रवीन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद समी, जसप्रीत बुमराह, उमेश यादव।

एकदिवसीय टिम

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर मनीष पाण्डे, ऋषभ पन्त (विकेटकिपर), रवीन्द्र जडेजा, कुलदीप यादव, युजवेन्द्र चहल, केदार जाधव, मोहम्मद समी, भुवनेश्वर कुमार, खलील अहमद, नवदीप सैनी।

टि–२० टिम

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पन्त (विकेटकिपर), कुनाल पाण्ड्या, रवीन्द्र जडेजा, वाशिङ्टन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, खलील अहमद, दीपक चाहर, नवदीप सैनी

प्रकाशित मिति: : 2019-07-21 15:09:39

प्रतिकृया दिनुहोस्