नेपाल संकटमा, कतारलाई जितका लागि ८ ओभरमा ३७ रन आवश्यक

बिएल

टि–२० विश्व कप एसिया क्षेत्रको छनोटअन्तर्गत नेपालविरूद्ध खेलिरहेको कतारलाई जितका लागि ८ ओभरमा ३७ रनको आवश्यकता रहेको छ। 

नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको खेलमा १ सय २३ रनको चुनौति राखेको थियो।

जसमा कतारले १२ ओभरको खेल सम्पन्न भइसक्दा ४ विकेटको क्षतिमा ८६ रन बनाइसकेको छ।

नेपाल संकटमा देखिएको छ। नेपालका लागि सन्दीप लामिछाने ३ र करन सिंहले १ विकेट लिएका छन्। 

नेपालले यसबीचमा ६ बलरलाई प्रयोगमा ल्याइसकेको छ।

 

नेपालका लागि करन केसीले कमरान खानलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका थिए। 

१५ बलमा २ छक्का र २ चौका प्रहार गर्दै खतरनाक बनेका कमरानले २२ रन बनाए।

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले पहिलो सफलता दिलाएका थिए। नेपालले पहिलो इनिङमा १ सय २२ रन बनाएको थियो।

 

प्रकाशित मिति: : 2019-07-23 10:14:48

प्रतिकृया दिनुहोस्