मलिङ्गाले एकदिवसीय क्रिकेटबाट सन्यास लिँदै, २६ जुलाई अन्तिम खेल

Agency

श्रीलंकाका स्टार तीब्र बलर लसिथ मलिङ्गाले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।

उनले बंगलादेशविरूद्ध तीन वटा एकदिवसीय शृंखलाको बेला सन्यास लिने घोषणा गरेका छन्।

मलिङ्गाले एकदिवसीयबाट सन्यास लिने घोषणा गरेको जानकारी कप्तान दिमुथ करुणारत्नेले जानकारी दिए।

बंगलादेशविरूद्ध शृंखला अगाडि पत्रकारहरूसँग कुरा गर्ने क्रममा कप्तान करुणारत्नेले पहिलो एकदिवसीय खेलेपछि मलिङ्गाले सन्यास लिने बताए।

‘उनले मलाई पहिलो खेल मात्र खेल्छु भनेका छन्,’ करुणारत्नेले भने।

मलिङ्गाले २६ जुलाईमा अन्तिम एकदिवसीय खेल्नेछन्।

एकदिवसीयमा मलिङ्गाको नाममा ३ सय ३५ विकेट रहेको छ। उनी एकदिवसीयमा मुथैया मुरलीधरन र चमिन्डा भाषपछि श्रीलंकाबाट सर्वाधिक विकेट लिने बलर हुन्।

३५ वर्षीय मालिङ्गाले हालै सम्पन्न विश्व कपमा १३ विकेट लिएका थिए। उनले २०११ मा टेस्ट क्रिकेटबाट बिदा लिइसकेका छन्।

 

प्रकाशित मिति: : 2019-07-23 11:39:38

प्रतिकृया दिनुहोस्