कायस्थ र राजभण्डारी उपाध्यक्षमा चयन

बिएल

नेपाल शारीरिक सुगठनका उपाध्यक्ष द्वय बिजयलाल कायस्थ र दिनेश राजभण्डारी दक्षिण एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस महासंघको उपाध्यक्षमा चयन भएका छन् ।

काठमाण्डौमा हालै सम्पन्न दक्षिण एसियाली बडिबिल्डिङ एन्ड फिजिक्स स्पोर्टस च्याम्पियनसिप–२०१९ का दौरान भएको महासंघको बैठकले नेपाल शारीरिक सुगठन तथा फिटनेश संघका प्रथम उपाध्यक्ष कायस्थ तथा उपाध्यक्ष राजभण्डारीलाई चयन गरेको संघले जनाएको हो।

प्रकाशित मिति: : 2019-07-24 15:47:15

प्रतिकृया दिनुहोस्