दक्षिण अमेरिकी फुटबल संघका प्रमुखमाथि भ्रष्टाचारको आरोप लगाएका अर्जेन्टिनी स्टार लिओनल मेसीमाथि एक खेल प्रतिबन्धको सजाय सुनाइएको छ।
मेसीले कोपा अमेरिका कप खेल्ने क्रममा ब्राजिलविरूद्ध २ वटा स्पष्ट पेनाल्टीको अवसर नदिएको भन्दै दक्षिण अमेरिकी फुटबल संघका प्रमुखमाथि भ्रष्टाचारको आरोप लगाएका थिए।
उनले त्यतिबेला ब्राजिललाई उपाधि जिताउने खेलअन्तर्गत अर्जेन्टिनालाई पेनाल्टीको अवसर प्रदान गरेको आरोप लगाएका थिए। त्यो खेलमा अर्जेन्टिना पराजित भएको थियो।
उनलाई चिलीविरूद्ध खेलमा रातो कार्ड पनि देखाइएको थियो। मेसीले कास्य पदक लिन अस्विकार गरेका थिए। उनी मेडल लिन पनि गएका थिएनन्।
मेसीलाई एक खेलको प्रतिबन्धसँगै १५ सय डलरको अतिरिक्त जरिवाना पनि सुनाइएको छ। उनले विश्व कप छनोटअन्तर्गत खेल गुमाउन सक्ने सम्भावना छ।