पारससँग सिके अमेरिकी राजदूत बेरीले क्रिकेट खेल्न : नेपाली टिमलाई दिए जितको शुभकामना

अमेरिकी राजदूत बेरी र नेपाली कप्तान पारस खड्का भलाकुसारी गर्दै । तस्बिर : अमेरिकी दूताबास, काठमाण्ठू ।

नेपाल सिंगापुरमा टी-ट्वान्टी विश्वकप छनौटका लागि एसियन क्षेत्रीय छनौट प्रतियोगितामा सहभागी हुन जानुअघि अमेरिकी राजदूत बेरीले नेपाली टिमलाई शुभकामना दिएका थिए । काठमाडौंको भेलोसिटी एरिनामा गएर नेपाली टिमका कप्तान पारस खड्कासँग क्रिकेट खेल्न सिकेका पनि थिए । उनले कप्तान खड्काबाट क्रिकेट खेलको बारेमा केही टिप्ससमेत प्राप्त गरेका थिए ।

उनले त्यहाँ ब्याटिङ र बलिङ दुबैमा केही समय अभ्यास पनि गरेका थिए ।  

राजदूत बेरीले नेपाली युवामा क्रिकेटप्रतिको बढ्दो रूचि र उनीहरूले हासिल गरेको उपलव्धीले नेपाली क्रिकेटका सुनौला दिनहरू नजिक आइरहेको बताएका थिए । उनले आफू क्रिकेटका बारेमा जानकार नभए पनि यसमा रूचि बढेको जानकारी पनि दिएका थिए ।

उनले कप्तान पारस खड्का र नेपाली टिमलाई सिंगापुरमा विजयी भएर विश्वकप छनौट हुनका लागि शुभकामना पनि दिएका थिए । उनले भनेका थिए- म टी-ट्वान्टी विश्वकपका लागि नेपाल छानिएको सुन्न आतुर छु । मलाई विश्वास छ मलाई त्यो वधाई दिने अवसर प्राप्त हुनेछ । 

प्रकाशित मिति: : 2019-07-28 06:16:58

प्रतिकृया दिनुहोस्