विराट र रोहितको झगडाको विषयमा पहिलो पल्ट बिसिसीआईको प्रतिक्रिया

Agency

भारतीय कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माबीचको मतभेद सतहमा आएपछि पहिलो पल्ट भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले प्रतिक्रिया दिएको छ।
बोर्डका कार्यकारी अधिकृत विनोद रायले मिडियामा आएजस्तो उनीहरू बीच झगडा नभएको बताएका छन्।

उनले रोहित र विराटबीचको झगडा मिडियाले लगाएको तर दुबैबीच सुमधुर सम्बन्ध भएको प्रतिक्रिया दिएका छन्। बोर्ड बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘मिडियालाई चाहिँदो नचाहिँदो समाचार लेखेका छन्। उनीहरूबीच अझै सुमधुर सम्बन्ध छ।’

विराट र रोहितबीचको मतभेदको पुष्टी त्यतिखेर भएको थियो, जब रोहितले विराटकी श्रीमति अनुष्का शर्माको इन्स्टाग्राम अकाउन्ट अनफलो गरेका थिए।

अनुष्काले यस विषयमा प्रतिक्रिया दिँदै आफ्नो इन्स्टाग्रामको स्टोरीमा लेखेकी थिइन, ‘बुद्धिमान मान्छेले एकपल्ट पनि केही भनेनन्।’
रोहितले पहिले नै विराटको इन्स्टाग्राम अनफलो गरिसकेका थिए।

भारतीय अखबारका अनुसार विश्व कपमा मोहम्मद सामी र रवीन्द्र जडेजालाई मौका नदिएको विषयमा रोहित पहिलेदेखि नै विराटसँग खुसी थिएनन्।

 

प्रकाशित मिति: : 2019-07-28 10:53:00

प्रतिकृया दिनुहोस्