टोकियो ओलम्पिकमा मोबाइल मस्जिद

Agency

जापानमा आगामी वर्ष आयोजना हुने गृष्मकालिन ओलम्पिकमा मुस्लिम खेलाडीलाई विशेष ध्यान दिँदै आयोजक राष्ट्रले मोबाइल मस्जिदको निर्माण गरेको छ।

ओलम्पिक भइरहँदा मुस्लिम खेलाडीलाई नमाज पढ्न असुविधा नहोस् भनेर आयोजक जापानले एउटा विशेष गाडीको निर्माण गरेको छ।

मोबाइल मस्जिदको नाम दिइएको यो गाडी खेल स्थलबाहिर उपलब्ध हुनेछ।

गाडीमा ५० जनाले एकैपल्ट नमाज पढ्न सक्नेछन्। गाडीभित्र हात खुट्टा धुने र नमाज पढ्नका लागि म्याट्रेक्स उपलब्ध हुनेछ।

मोबाइल मस्जिदको निर्माण टोकियोको स्पोर्टस एन्ड कल्चर इभेन्ट कम्पनीले गरेको हो।

मोबाइल मस्जिदको ढोका र छत रिमोटबाट खुल्ने बताइएको छ। टोकियोमा हाल ४ वटा मात्र मस्जिद छ। प्रतियोगितामा सहभागी हुने मस्लिम खेलाडीलाई बाहिर गएर नमाज पढ्न गाह्रो नहोस् भनेर आयोजकले यसको व्यवस्था गरेको हो।

जापानको काबेमा १९३५ मा पहिलो मस्जिद निर्माण भएको थियो। जापानभरी करिब ६० वटा मस्जिद छन्।

जापानले प्रयोग गर्न लागेको मोबाइल मस्जिद पहिलो पल्ट इन्डोनेसियाले लागु गरेको हो।

प्रकाशित मिति: : 2019-07-28 17:42:12

प्रतिकृया दिनुहोस्