क्यानडामा सन्दीप र सोमपाल बेञ्चमा : सोमपाल त हाँसे, सन्दीपलाई त त्यो पनि जुरेन

क्यानडामा सन्दीप र सोमपालमा बेञ्चमा : पहिलो गाँसमै झिंगा । तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

क्यानडामा जारी ग्लोबल टीट्वान्टी खेल्न सिंगापुरबाट सिधै टोरन्टो पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछाने र सोमपाल कामीका लागि पहिलो गाँसमै झिंगा परेको छ । उनीहरूका टिमबीच भएको आजको खेलमा उनीहरू दुबै प्लेइङ ११ मा परेनन्, बेन्चमै बस्नु पर्यो ।

सन्दीपको टोरन्टो नेशनल्स र सोमपालको विनिपिग्स ह्वाक्सबीच भएको खेलमा विनिपिग्स ह्वाक्स तीन विकेटले विजयी भयो । यो विजयसँगै सोमपालका लागि खुशी हुने कारण भेटिए पनि सन्दीपका लागि त्यो मौका पनि मिलेन । उनको टिम पराजित भयो । 

आजको म्याचमा टोरन्टो नेशनल्सका कप्तान युवराज सिंहले २६ बलमा ४५ रन, काइरन पोलार्डले २१ बलमा ५२ रन र थोमसको ४६ बलमा ६५ रनका साथ २१६ रन बनाएको थियो । तर, यो विशाल लक्ष्य विनिपिग्स ह्वाक्सले अन्तिम बलमा पूरा गर्यो । लिनको ८९, अनवरको ४३ र सोहलको ५८ रनको मदतले उनीहरूले लक्ष्य भेट्टाए ।

टोरन्टो नेशनल्स र विनिपिग्स ह्वाक्स लिग चरणमा आआफ्नो तेस्रो म्याच खेलिरहेका थिए । आजको जीतसँगै विनिपिग्स ह्वाक्स दुई जीत र एक हारसहित चार अंक लिएर दोस्रो स्थानमा उक्लेको छ भने टोरन्टो नेशनल्स एक जीत र दुई हारसहित दुई अंक लिएर पाँचौ स्थानमा छ । 

प्रकाशित मिति: : 2019-07-30 06:42:18

प्रतिकृया दिनुहोस्