सोबर्सले एक ओभरमा ६ छक्का हिर्काएका बेलायती बलरको निधन

Agency

एउटै ओभरमा ६ छक्का खाने इंग्ल्यान्डका पूर्व क्रिकेटर मेलकम नाशको ७२ वर्षको उमेरमा क्रिकेटको मक्का मानिने लर्डसमा निधन भएको छ।

नfशलाई काउन्टी क्रिकेटमा एउटै ओभरमा वेष्ट इन्डिजका महान ब्याट्सम्यान गेरी सोबर्सले ६ छक्का प्रहार गरेका थिए। विदेशी मिडियाका अनुसार मंगलबार राती उनी लर्डसमा डिनर गरिरहेका थिए। यति नै बेला उनी अचानक जमीनमा ढल्न पुगेका थिए।

उनलाई तुरुन्त अस्पताल भर्ना गरिएको थियो। जहाँ उनको निधन भयो। नाश तीब्र बलर हुन्। उनी आधुनिक क्रिकेटमा बलरहरूले गर्ने मिश्रणमा माहिर मानिन्थे।

१९६६ देखि १९८३ सम्म पहिलो श्रेणीको क्रिकेट खेलेका नाशले ९ सय ९३ विकेट लिएका थिए। यसमा पनि उनले ९ सय ९१ विकेट ग्लेमोर्गनका लागि लिएका थिए।

देब्रे हाते बलर नाशको रेकर्ड राम्रो भएपनि सोबर्सले १९६८ मा ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

उनलाई लंकासायरका फ्रेङ्क हयेसले पनि एक ओभरमा ५ छक्का र १ चौका प्रहार गरेका थिए।

प्रकाशित मिति: : 2019-08-01 15:22:32

प्रतिकृया दिनुहोस्