पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा रेनसलाई २-१ गोल अन्तरले हराउँदै पीएसजीले सिजनको पहिलो उपाधि जितेको हो।
पीएसजीलाई जितउन केलियन एमबाप्पे र एन्जल डी मारियाले एक-एक गोल गरे । रेनसका एड्रीन होन्युले एक गोल गरेका थिए।
खेलको १३औं मिनेटमा एड्रीन होन्युको गोलबाट रेनसले सुरूवाती अग्रता लिएको थियो।
पहिलो हाफसम्म १-० को अग्रता रेनसले दोस्रो हाफमा कायम नराख्दा हार खानुपर्यो।
१-० ले पछि परेको पिएसजीका लागि खेलको ५७ औं मिन्टमा एम्बाप्पेले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेको ७३ औं मिन्टमा एन्जल डी मारियाले गोल गर्दै पिएसजीलाई जिताए।
यो जितसँगै पीएसजीले कीर्तिमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ।
९ पटक उपाधि जितेको पीएसजीले लियोनलाई पछि पार्दै सर्वाधिक धेरै पटक फ्रेन्च सुपर कप जित्ने टिम बनेको हो। लियोनले आठ पटक फ्रेन्च सुपर कप जितेको छ ।
फ्रान्सको लिग वान विजेता र फ्रेन्च कप विजेता टिमबीच फ्रेन्च सुपर कप हुने गर्छ। गत सिजन पीएसजीले लिग र रेनसले फ्रेन्च कप जितेको थियो।