भारतका तीब्र बलर सैनीलाई डेब्युमै ‘म्यान अफ दि म्याच’

Agency

भारतका युवा तीब्र बलर नवदीप सैनी डेब्युमै ‘म्यान अफ दि म्याच’ घोषित भएका छन्। शनिबार राती अमेरिकाको फ्लोरिडामा भएको टि–२० क्रिकेटमा डेब्यु गर्ने क्रममा उनले वेष्ट इन्डिजविरूद्ध ४ ओभरमा ४ दशमलव २५ को इकोनोमी रेटले ३ विकेट लिएका थिए।

भारतले पहिलो खेलमा वेष्ट इन्डिजलाई ४ विकेटले पराजित गर्यो। उनी टि–२० को डेब्युमै ‘म्यान अफ दि म्याच’ घोषित हुने सातौं खेलाडी बन्न पुगेका छन्। १ सय ४० को तीब्रताका साथ बल फ्याँक्न उस्ताद मानिने सैनीले अन्तिम ओभर मेडन गरेका थिए।

भारतले पहिलो टि–२० मा टस जितेर वेष्ट इन्डिजलाई ब्याटिङको निम्तो दिएको थियो। जसमा क्यारेबियाली टोली ९ विकेटको क्षतिमा ९५ रन बनाउन सफल भयो।

भारतले १७ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै विजय लक्ष्य प्राप्त गर्यो।

विश्व कपमा औंलामा चोट लागेर बाहिरिएका शिखर धवन पुनः खेलमा फर्किएका छन्। तर, उनी १ रनमा आउट भए।

रोहित शर्माले २४, कप्तान विराट कोहलीले १९, ऋषभ ०, मनिष पाण्डे १९ रनमा आउट भए। कृणाल पाण्ड्याले १२, रवीन्द्र जडेजाले अविजित रहँदै १० रन बनाए।

वेष्ट इन्डिजका लागि पोलार्डले सर्वाधिक ४९ रन बनाए। निकोलस पुरनले २० रन बनाए।

भारतले लोकेश राहुल, दीपक चहर र राहुल चहरलाई विश्राम दिएको थियो।

याे पनि पढ्नुहाेला।

 

प्रकाशित मिति: : 2019-08-04 11:01:51

प्रतिकृया दिनुहोस्