ग्लोबल टी २०- टोरन्टो र विनिपेग आम्नेसाम्ने : सन्दीप मैदानमा, सोमपाल बेञ्चमा

सन्दीप प्लेइङ ११ मा, सोमपाल बेञ्चममा । तस्बिर : ग्लोबल टी २०

क्यानडामा जारी ग्लोबल टी २० को इलिमिनेटर राउण्डको खेलमा दुई नेपाली क्रिकेटरका टीम टोरन्टो नेशनल्स र विनिपेग ह्वाक्स मैदानमा उत्रिएका छन् । तर, टोरन्टो नेशनल्सका लागि सन्दीप लामिछाने प्लेइङ ११ सेटमा परे पनि विनिपेग ह्वाक्सले सोमपाल कामीलाईभने बेञ्चमै राखेको छ ।

सोमपाल कामीको टिम विनिपेग ह्वाक्सले टस जितेर फिल्डिङ रोजेको भने सन्दीप लामिछानेको टीम टोरन्टो नेशनल्स ब्याटिङ गरिरहेकाे छ । अन्तिम चारमा टरोरन्टो तेस्रो र विनिपेग चौथो भएर अन्तिम चारमा पुगेका थिए । यी दुइ टीमबीचको खेल जित्ने फाइनलमा लागि ब्रम्टन वुल्भस्सँग खेल्नेछ भने पराजित प्रतियोगिताबाट बाहिरिने छ ।

यसअघि प्रतियोगिताको पहिलो र दोस्रो स्थानमा रहेका ब्रम्टन वुल्भ्स र भ्यान्भुकभर नाइटसबीचको खेदमा भ्यान्कुभर नाइट्स ७७ रनले जितेर फाइनलमा प्रवेश गरिसकेको छ । केही समयअघि सम्पन्न भएकोब्रम वर्षाले प्रभावित खेल  १६ मा ओभर छोट्याइएको थियो । १६ ओभरमा १७० रनको लक्ष्य पछ्याउन मैदानमा उत्रेको ब्रम्टन वुल्भ्सले १३.४ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । भ्यान्कुभर नाइट्स डिफेन्डिङ च्याम्पियन हो भने ब्रँट्न वुल्भ्स पहिलो स्थानमा रहेर अन्तिम चारमा पुगेको थियो । 

टोरन्टो नेशनल्स र विनिपेग ह्वाक्सबीचको म्याचमा विजेता ब्रम्टस वुल्भ्ससँग शनिबार फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ । विजेताले आइतबार डिफेन्डिङ च्याम्पियन भ्यान्कुभर नाइट्स उपाधि प्रतिस्पर्धा गर्ने छ ।

 

प्रकाशित मिति: : 2019-08-09 02:58:02

प्रतिकृया दिनुहोस्