क्यानडाको ग्लोबल टि–२० मा खेलाडीले पैसा नपाएपछि बसमा चढ्न मानेनन्

Agency

क्यानडामा आयोजना भइरहेको ग्लोबल टि–२० क्रिकेट लिगमा नयाँ विवाद उब्जिएको छ। बुधबार भएको खेल पूर्व दुबै टिमका खेलाडी बस चढ्न नमानेपछि विवादले नयाँ रुप लिएको हो।

स्थानीय एक पत्रकारका अनुसार ग्लोबल टि–२० मा समावेश केही क्लबले खेलाडीको पुरै पैसा भुक्तान गरेको छैन। भारतका पूर्व ब्याट्सम्यान युवराज सिंहको कप्तानीमा रहेको टोरन्टो नेशनल्स र जर्ज बेलीको कप्तानीमा रहेको मोन्ट्रियल टाइगर्सबीचको खेलका लागि बुधबार खेलाडीहरू होटलबाट रंगशाला जानुपर्ने थियो। तर, पुरै पैसा नपाएका कारण उनीहरू बसमै चढ्न मानेनन्।

याे पनि पढ्नुहाेस।

बिन्दास बल्थली

खम्बामा ठोक्किएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र? (भिडियो सहित)

किन बढ्दै छ कतारमा विप्लव माओवादीको आकर्षण? (भिडियो सहित)

पिटर डेल पेना नाम गरेका पत्रकारले ट्वीटमार्फत बताए, ‘मोन्ट्रियल टाइगर्स र टोरन्टो नेशनल्सका खेलाडीले पैसा नपाएका कारण टिमको बसमा चढ्न अस्विकार गरेँ।’

खेलाडी बोकेको बस आधा घण्टा अगाडि नै निस्किनु पर्ने थियो तर खेलाडीहरू ७५ मिनेट ढिलो मैदानमा प्रवेश गरेका थिए। विवाद बढेपछि आयोजकले आफ्नो आधिकारीक ट्वीटर अकाउन्टमा प्राविधिक कारणले खेल ढिलो भएको बताएका थिए।

यो खेलमा चोटका कारण युवराज सिंह खेल्न मैदानमा उत्रिँएका थिएनन्। श्रोतका अनुसार उनी चोटभन्दा पनि पैसाको विवादलाई लिएर मैदानमा नउत्रिँएको बताइएको छ।

याे पनि हेर्नुहाेस।

प्रकाशित मिति: : 2019-08-09 11:22:25

प्रतिकृया दिनुहोस्