राष्ट्रपति सीसँग रात्रीभोजमा सहभागी हुने नेताहरुलाई परराष्ट्रको सातबुँदे शर्त !

चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि शनिबार राति आयोजना गरिने रात्रिभोजमा सहभागीहुनेहरुका लागि परराष्ट्रमन्त्रालयले सातबुँदे शर्त राखेको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले शनिबार साँझ सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजको व्यवस्थापनको पाटो भने परराष्ट्र मन्त्रालयले सम्हालेको छ ।


परराष्ट्र मन्त्रालयले रात्रिभोजमा सहभागी हुनेहरुलाई निम्तोकार्ड समेत पठासकेको छ ।

भोजका लागि निम्ता पाएपनि सहभागी हुने/नहुने पनि पहिले नै जानकारी दिनुपर्ने, मोवाइल फोन स्वीच अफ गर्नुपर्ने देखि तस्विर लिन नपाउने सम्मका शर्त परराष्ट्र मन्त्रालयले पठाएको निम्तो कार्डमै उल्लेख गरिएको छ ।

यस्ता छन् सातबुँदे शर्त:

१. पुरुषको हकमा राष्ट्रिय पोशाक वा कालो डार्क सुट, सेतो सर्ट, तुना वाध्ने छालाको कालो जुत्ता र महिलाको हकमा राष्ट्रिय पोशाक सारी वा डार्क सुट अनवार्य रुपमा लगाउनु पर्ने ।

२. सिटिङ ब्याङकेट भएको हुनाले निम्ता कार्ड प्राप्त हुनासाथ सहभागी हुने वा नहुने जानकारी शीघ्र गराउनु पर्ने ।

३. सुरक्षा जाँचको कारण निम्ता कार्डमा तोकिएको समयभन्दा ४५ मिनेट अगावै भोज स्थल पुग्नुपर्ने ।

४. मोवाइल फोन स्वीच अफ गर्नुपर्ने, तस्विर खिच्न नपाइने ।

५. प्रमुख अतिथिले खाना ग्रहण गर्न शुरु गरेपछि मात्र आफुले शुरु गर्नुपर्ने ।

६. सिटिङ डिनर चलिरहेको वेला उठ्न नपाउने, र प्रमुख अतिथि हल बाहिर निस्केपछि मात्र उठ्न पाउने ।

७. पाहुनालाई प्राथमिकता दिनु पर्ने ।

प्रकाशित मिति: : 2019-10-11 20:43:40

प्रतिकृया दिनुहोस्