भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको टेस्ट शृखलाअन्तर्गत पहिलो टेस्टको पहिलो इनिङमा भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले सतक बनाएका छन्।
रोहित मुलत शाकाहारी हुन्। उनको फिट्नेशलाई लिएर बेलाबेलामा चर्चा हुने गरेको छ। यसै विषयमा हामीले उनको फिट्नेशको रहस्य बुझने प्रयास गरेका थियाै।
भारतीय अखबारका अनुसार रोहित फिट रहनलाई खानपीन मात्र होइन वर्कआउटमा पनि पुरा ध्यान दिन्छन्।
रोहित शाकाहारी भएपनि दिनमा दर्जन अण्डा खाने गर्छन्। रोहित खानपीनको निकै साैखिन खेलाडीमा पर्छन्। उनलाई आलु र पराठामा निकै सोख छ। उनी अभ्यासमा कुनै सम्झैता गर्देनन्।
उनी प्रोटिनको मात्रा अधिक प्रयोग गर्छन्। बिहान उठेपछि उनलाई ओट्स र दुध अनिवार्य चाहिन्छ। रोहितको पहिले ताैल धेरै थियो। तर पछि उनले जिम र खानामा ध्यान दिएर घटाए।
उनी खानामा कम कार्बोहाइड्रेट प्रयोग गर्छन्। यस कारण उनको मोटाबोलिजम राम्रो छ। उनी सोशल मिडियामा प्राय: शरीरबाट पसिना निकालिरहेको तस्बीर पोस्ट गर्न रुचाउँछन्।