जुम्ली-घाेडा दौड : कोभन्दा को कम ?

बिएल

कर्णाली स्पाेर्ट क्लबले हरेक वर्ष फुलपातिकाे दिन आयाेजना गर्ने जुम्ली घाेडा दाैड प्रतियोगिता तयारी पूरा भएकाे छ।

शुक्रबार बिहानसम्म चाैध घाेडा दर्ता भैसकेका छन् भने प्रतियोगिता हुने दिनकाे बिहानसम्म ३४ वटा घाेडा दर्ता हुने अनुमान छ।

जुम्ली-घाेडाकाे पहिचान भारत, चीन लगायतका देशसम्म रहेकाले यसकाे प्रचारप्रसार गरि पर्यटन प्रवर्द्धनमा सहयाेग पुगाेस् भनेर हरेक वर्ष घाेडादाैड प्रतियोगिता आयोजना गर्न थालिएकाे हो ।

२०५४ सालभन्दा अगाडि हरेक वर्ष जुम्ली-घाेडाबीच सरकारी तवरबाटै प्रतिस्पर्धा गराइने भएपनि जुम्ला विमानस्थल कालाेपत्रे भएसँगै बन्द भएकाे थियाे । झण्डै लाेप हुने स्थितिमा पुगेकाे जुम्ली-घाेडादौड प्रतियोगिता १८ वर्षपछि कर्णाली स्पाेर्ट क्लबले सुरु गरेकाे हाे ।

कर्णालीकाे पर्यटन प्रवर्द्धनकाे लागि सुरु गरिएकाे प्रतियोगिताकाे महत्त्व बुझ्ने काम स्थानीय, प्रदेश र केन्द्रलगायतका सरकारले नबुझेका कारण सरकारकाे 'भिजिट नेपाल २०२०' लक्ष्य पूरा हुनेमा शंका रहेकाे क्लबका अध्यक्ष सराेज शाही बताउँछन् ।

'सरकारले बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। तर प्रवर्द्धनात्मक गतिविधिमा लगानी गरिरहेकाे छैन', उनी थप्छन् । 

यस्ताे अवस्थामा पर्यटन वर्ष कसरी सफल हाेला ?' उनले भने, 'माैलिक परम्परा र पहिचानकाे प्रचारप्रसार हुन सकेन र सबै तहका सरकारले यस्ता गतिविधिकाे महत्त्व नबुझेनन् भने पर्यटकहरु हामीबाट टाढा हुनेछन् ।'

शनिबार हुने प्रतियोगितामा घाेडाकाे चाल, किसानकाे लालनपालनलगायतका विधामा अलगअलग पुरस्कारकाे व्यवस्था गरिएकाे पनि  आयाेजकले जनाएको छ ।

प्रकाशित मिति: : 2019-10-04 11:11:59

प्रतिकृया दिनुहोस्