जुम्ली घाेडा हाम्राे शान ।
संस्कृति बचाउने हाम्राे अभियान ।।
यही नाराका साथ आयोजना गरिएको जुम्ली घाेडा दाैड प्रतियोगिता सम्पन्न भएकाे छ ।
कर्णाली स्पाेर्ट क्लबकाे आयाेजना गरकेो प्रतियोगितामा याे वर्ष ३७ घाेडा सहभागी भएका थिए ।
करिब १७ वर्ष अघि जुम्ला विमानस्थलमा हुँदै आएकाे प्रतियोगिता बन्द भएपछि कर्णाली स्पाेर्ट क्लबले पुन: सञ्चालन गरेकाे अध्यक्ष सराेज शाहीले बताए।
जुम्ली घाेडाकाे प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले प्रतियोगितालाई निरन्तरता दिइएकाे उनकाे भनाई छ ।
यो पनि हेर्नुहोस्
सफल उद्यमी, जो आफूजस्तै पीडित महिलालाई उद्यमी बनाउने सोच राख्छिन् || JUMLA
'समाज विकासका लागि, असल परम्परा बचाइराख्न आवश्यक छ ।' उनले भने, 'चाैडा सडक र अग्ला घर हुनुलाई विकास बुझ्ने मानसिकताले नै हाम्रा माैलिकता लाेप हुने स्थितिमा पुगेका छन्।'
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेकाे छ । तर, यस्ता खाले प्रवर्द्धनात्मक गतिविधिमा कुनैपनि खालकाे लागानी गरिरहेकाे छैन । यसले पर्यटन वर्ष सफल हुनेमा शंसय उत्पन्न गर्ने पनि उनले बताए ।
तीन तहै सरकारले कुनैपनि खालकाे सहयाेग नगरेपनि आफूहरुले पर्यटन प्रवर्द्धनमा सहयाेग पुर्याउने गतिविधि गरिरहेकाे उनले थपे।
प्रतियोगितामा स्वास्थ घाेडा, कदम तथा दाैड गरी तीन विधामा पुरस्कार दिइएकाे थियाे।
स्वास्थ्यतर्फकाे प्रथम, द्वितीय र तृतीयमा क्रमश: काली बहादुर बुढथापा, दलजित खत्री र प्रमाेद बस्नेतका घाेडाले पुरस्कार पाए । त्यस्तै कदममा प्रथम, द्वितीय र तृतीयमा क्रमश: वृष भण्डारी, एकराज थापा र काली बहादुर बुढथापाका घाेडाले पुरस्कार पाए भने दाैड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयमा क्रमश: प्रयाक ऐडी, काली बहादुर बुढथापा र एकराज थापाका घाेडाले पुरस्कार पाए ।
यो पनि हेर्नुहोस्
यसरी सुरू हुन्छ- जुम्ली दशैं !
प्रतियोगिताकाे सबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: पाँच, तीन र दुई हजार नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे।
पुरस्कार संविधानसभा सदस्य गजेन्द्र बहादुर महतले वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै उनले भने, 'जुम्ली घाेडाकाे पहिचान विश्वमा अलग रहेकाे छ भने घाेडा दाैंड प्रतियोगिता जुम्लाकाे सांस्कृतिक उत्सव हाे । लाेपाेन्मुख स्थितिमा रहेकाे परम्परा जाेगाउने काम गरेकाेमा आयाेजकलाई धन्यवाद दिन चाहन्छु ।'
फूलपातीकाे दिन आयाेजना हुने घाेडा दाैडमा उत्कृष्ट हुने घाेडा बढी मुल्यमा बिक्री हुने र घाेडापालक किसानकाे सामाजिक प्रतिष्ठा उच्च हुने हुनाले यस्ता प्रतियोगिताकाे सामाजिक महत्त्व रहेकाे थियाे।
आधनुनिक यातायातका साधन नपुगेकाे ठाउँमा भरपर्दो यातायातको साधनकाे रूपमा घाेडालाई लिइने हुनाले पनि बलियाे घाेडा छान्न प्रतियोगिता आवश्यक मानिन्थ्यो ।
तर, यातायात विकासले यस्ता प्रतियोगिताकाे महत्त्वलाई कम आँकलन गरिएकाे भएपनि पछिल्लो समय घाेडा दाैड प्रतियोगितालाई सांस्कृतिक उत्सबकाे रुपमा मनाउन थालिएको छ। प्रतियोगितामा झण्डै दस हजार बढी दर्शककाे उपस्थिति थियाे।