नेपालकाे अगाडि हङकङसँग ४ वर्षअघिकाे बदला लिने अवसर

बिएल

सन् २०१४ मा नेपालले हङकङसँग दुईवटा टी–२० शृंखला खेल्याे। त्याे पनि श्रीलंकामा। बर्षाले प्रभावित याे शृंखलाकाे अन्तिम खेलमा हङकङले ७२ रनमा नेपाललाई अलआउट गर्याे र २ विकेटले खेल जित्याे। त्यस्तै अर्काे खेलमा नेपाललाई १ सय ९ रनमा राेकेकाे हङकङले फेरि ५ विकेटकाे जित निकाल्याे। 

४ वर्षअघि हङकङबाट भाेगेकाे पराजयकाे बदला लिने अवसर आज नेपाललाई जुरेकाे छ। नेपाल र हङकङ ४ वर्षपछि आइतबार ओमन टी–२० शृंखलामा भिड्दैछन्। नेपाली समयअनुसार ३ बजेर १५ मिनेटपछि सुरु हुने याे खेलमा पारस खड्काका सेनाहरु तयारी अवस्थामा छन्। 

युवा टाेली बाेकेर दुई साताअघि  सिङ्गापुर पुगेकाे नेपाली टिमले त्यहाँ ४ खेलमा १ जित, १ अनिर्णय र २ पराजय निकाल्दै ओमान पुगेकाे छ। ओमानकाे मैदान स्पिनर सहयाेगी भएका कारण आज नेपालले सन्दीप लामिछानेबाट धेरै आशा राखेकाे छ। 

टिमका अनुभवी खेलाडी बाबर हायातलगायत केही खेलाडीले टाेली छाेडेकाे कारण हङकङ पहिलेकाे तुलनामा केही कमजाेर देखिन्छ। उसलाई पहिलाे खेलमै ओमानले ७ विकेटले पराजित गरिसकेकाे छ। 

हङकङले पछिल्लाे ११ खेलमा २ मा मात्र जित निकालेकाे छ। यसमा पनि पछिल्लाे ५ खेलमा २ मा जित र ३ मा पराजय भाेगेकाे छ। कप्तान एजाज खान मात्र पछिल्लाे समय प्रभावशाली देखिएका छन्। उनकाे अलराउन्ड प्रदर्शनले टिमलाई फाइदा पुर्याएकाे छ। अफ स्पिनर इशान खान पनि केही फर्ममा देखिन्छन्। निजाकत खान हङकङका अर्का भरपर्दा ब्याट्सम्यान हुन्। उनले टी–२० मा ३ सय ७७ रन बनाइसकेका छन्। 

नेपालकाे तर्फ कप्तान खड्का निकै प्रभावशाली देखिन्छन्। उनले पछिल्लाे ८ खेलमा ६० काे अैासतले रन बनाएका छन्। 

 

प्रकाशित मिति: : 2019-10-06 07:32:50

प्रतिकृया दिनुहोस्