पल स्टिर्लिङकाे अर्धसतकीय ५९ रनकाे इनिङ, एन्डी बालर्बिनीकाे ३८ रन र पुछारमा स्टुवर्ट थम्सनकाे ११ बलमा बिस्फाेटक अविजित २१ रनकाे सहयाेगले आयरल्याण्डले ओमानमा जारी पेन्टागुलर टी–२० प्रतियाेगितामा नेपाललाई १ सय ४६ रनकाे लक्ष्य दिएकाे छ।
प्रतियाेगिताकाे तेस्राे खेल खेलिरहेकाे नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २१ रन खर्चेर २ तथा अविनाश बाेहराले २२ रन खर्चेर २ विकेट लिएका थिए। ललित राजवंशीकाे नाममा १ र करन केसीले १ विकेट लिए।
नेपालले केभिन ओब्रायनलाई छिट्टै आउट गरेपनि स्टिर्लिङ र बालर्बिनीकाे जाेडीले दाेस्राे विकेटका लागि ८८ रनकाे साझेदारी गरेका थिए। ब्रायनलाई ५ रनमा सन्दीपले आउट गरेका थिए।
आइरिस टाेलीले ८ विकेट गुमाएर १ सय ४५ रन बनाएकाे थियाे।