ग्रिकलाई हराउदै ईटाली युरो कप २०२० मा छनोट

तस्बिरः एजेन्सी

ग्रिकलाई हराउदै ईटाली युरो कप २०२० मा छनोट भएको छ ।

आइतबार बिहान समुह जे अन्तर्गत भएको खेलमा ईटालीले ग्रिकलाई २–० गोल अन्तरले पराजित गर्दै युरो कपमा स्थान पक्का गरेको हो ।ईटाली को जितमा जोर्गिन्हो रफेडेरिको बर्नार्डेस्कीले समान एक एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफमा जोर्गिन्होले ईटालीलाई अग्रता दिलाए ।जेगिन्होले ६३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ईटालीलाई अग्रता दिलाएका हुन् ।

खेलको ७८ औं मिनेटमा बर्नार्डेस्कीले गोल गर्दै ईटालीको जित सुनिश्चित गरेका थिए ।

जितसँगै ईटालीले समुह जेको खेलमा २१ अंक बटुलेको छ । पराजित ग्रिकको भने समान खेलबाट ५ अंक छ । ग्रिक अंक तालिकाको पाँचौ स्थानमा छ ।
ग्रिकको छनोट हुने गणितिय सम्भावना बाँकी छ ।

प्रकाशित मिति: : 2019-10-13 06:40:28

प्रतिकृया दिनुहोस्