सीपीएल: सन्दीपको टिम बार्बाडोस दोस्रो पटक च्याम्पियन

तस्बिरः एजेन्सी

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको उपाधि जितेको छ ।

आइतबार बिहान भएको फाइनल खेलमा बार्बाडोसले गुयाना अमेजन वारियर्सलाई २७ रनले परजित गर्दै दोस्रो पटक सिपिएलको उपाधि जितेको हो ।बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछाएको गुयानाले २० ओभरमा ९ विकेट गुमाउदै १४४ रन बनाएको थियो ।

गुयानाका लागि ब्राण्डन किंगले सर्वाधिक ४३ रन बनाए भने कीमो पाउलले २५ र निकोलस पुरनले २४ रन बनाए ।

बर्बाडोसका बलर रेमन रेईफरले ४ विकेट लिए भने ह्यारी गुर्नी र एशले नर्सले २२ विकेट लिए । त्यस्तै हेडेन वाल्शले एक विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको बर्बाडोसले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन बनाएको थियो ।

बार्बाडोसका लागि जोनाथन कार्टरले २७ बलमा आक्रामक ५० रन बनाए भने जोहनसन चार्लिजले ३९, एलेक्स हेल्सले २८, एशले नर्सले महत्वपूर्ण १९ रन बनाएका थिए ।

फाइनलमा सन्दीप भने उपस्थित भएनन् । सन्दीप ६ खेल खेलेर राष्ट्रिय टिममा सामेल हुन ओमान आएका थिए ।यस अघि बार्बाडोसले सन् २०१४ मा सिपिएलको उपाधि जितेको थियो ।

प्रकाशित मिति: : 2019-10-13 07:25:41

प्रतिकृया दिनुहोस्