विश्वकप फुटबल

फुटबल इतिहासमा अर्जेन्टिना भर्सेस फ्रान्स !

विश्वकप फुटबल प्रतिस्पर्धा हाेस् या मैन्त्रीपूर्ण प्रतिस्पर्धा अधिकांश खेलमा अर्जेन्टिना फ्रान्समाथि हाबी भएकाे इतिहास छ।

clutchpoints
clutchpoints

कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ को उपाधिको लागि अर्जेन्टिना र फ्रान्सबीच भिडन्त हुने भएको छ। सेमिफाइनलमा अर्जेन्टिनाले क्राेसिया र फ्रान्सले माेरक्काेलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका छन्।

अब लुसेल रगंशालमा नेपाली समयअनुसार आइतबार राति ८:४५ बजे उपाधिको लागि यी दुई टिमले प्रतिस्पर्धा गर्ने छन्। अर्जेन्टिना र फ्रान्स दुबै देशले हालसम्म दुई–दुई पटक विश्वकप जितेको छन्। त्यसैले पनि यी दुई बलिया टिमबीच हुने फाइनल प्रतिस्पर्धा राेचक हुने अनुमान गरिएकाे छ।

अर्जेन्टिनाका कप्तान लियोनल मिस्सीले यो विश्वकप आफ्नो लागि अन्तिम भएको घोषणा गरिसकेको छन्। त्यसैले उनले विश्वकपबाट सुखद बिदाई हुन चाहन्छन्। भने, सानै उमेरमै विश्वकप फुटबलमा जादु गरेर सबैको मन जित्न सफल फ्रान्सका केलियन एम्बाप्पेले यो विश्वकपमा पनि जादु गरेर फ्रान्सलाई लगातार दोस्रो पटक उपाधि जिताउन चाहन्छन्।

कस्तो छ, अर्जेन्टिना र फ्रान्सको विश्वकपको यात्रा ?

अर्जेन्टिनाले सन १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप जितेको छ। भने, फ्रान्सले पनि सन १९९८ र २०१८ मा गरी विश्वकप जितेको छ। त्यस्तै अर्जेन्टिना सन १९३०, १९९० र २०१४ को उपविजेता राष्ट्र हाे।

आगामी आइतबार यी दुईमध्ये जुन देशले विश्वकप जिते पनि उक्त देश तेस्राे पटक विश्व च्याम्पियन भन्ने छ।

विश्वकपमा अर्जेन्टिना र फ्रान्स कति पटक आम्नेसाम्ने भएका छन् ?

विश्वकप फुटबलमा अर्जेन्टिना र फ्रान्सबीच तीन पटक प्रतिस्पर्धा भएकाे छ। जसमध्ये अर्जेन्टिना २ र फ्रान्स १ पटक विजयी भएका छन्।

सन १९३० मा पहिलाे पटक आयाेजित विश्वकपमा फ्रान्स र अर्जेन्टिना दुबैले खेल्ने मौका पाएका थिए। सोही विश्वकप अन्तर्गत नकआउट चरणको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले हराएको थियो। र, फ्रान्स विश्वकपको नकआउट चरणबाट बाहिरीएको थियो।

त्यस्तै सन १९७८ मा पनि अर्जेन्टिनाले फ्रान्सलाई २-१ गाेल अन्तरले हराएर विजय भएको थियो। अर्जेन्टिना सोही वर्ष विश्वकपकाे उपविजेता बनेकाे थियाे।

त्यसैगरी ४ वर्षअघि सन २०१८ मा रसियाले आयोजना गरेको विश्वकपमा फ्रान्सले अर्जेन्टिनालाई नकआउट चरणमा ३-४ ले पराजित गरेको थियो। फ्रान्स सन २०१८ को विश्वकप विजेत हो।

अर्जेन्टिना र फ्रान्सबीच मैत्रीपूर्ण प्रतिस्पर्धा

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ वटा पुरुष फुटबलमा मैन्त्रीपूर्ण प्रतिस्पर्धा भएकाे छन, जसमध्ये फ्रान्सले ३ र अर्जेन्टिनाले ६ खेलमा विजयी हुँदा ३ खेल बराबरीमा राेकिएका छन्।

सन १९७१ मा भएकाे अर्जेन्टिना र फ्रान्सबीच मैत्रीपूर्ण खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गाेल अन्तरले हराएको थियो। त्यस्तै सन १९७२ मा ब्राजिल इन्डिफेन्डेन्ट कपमा दुई टोलीबीच भएको खेल गाेलरहित बराबरीमा राेकिएकाे थियाे।

सन १९७४ मा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले पराजित गरेकाे थियाे। त्यस्तै सन १९७७ को मैत्रीपूर्ण खेलमा पनि यी दुई टोलीबीच खेल ०-० को बराबरीमा रोकिएको थियो।

सन १९८६ मा फ्रान्सले  अर्जेन्टिनालाई २-० ले हराएकाे थियाे। त्यसपछि सन २००७ मा भएको खेलमा अर्जेन्टिनाले फ्रान्सलाई १-० ले पराजित गरेको थियो। सन २००९ मा भएको खेलमा पनि अर्जेन्टिनाले फ्रान्समाथि २-० गाेल अन्तरकाे जित निकालेकाे थियाे।

आइतबार हुने खेलमा अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका स्टार केलियन एम्बापेमाथि सबैको नजर छ। यी दुबैजना पिएसजी क्लबबाट खेल्दै आइरहेका छन।

Photo: Agency

अर्जेन्टिना र फ्रान्सबीच विश्वकप उपाधि भिडन्त: पूरा होला त मेस्सीको सपना ?

प्रकाशित मिति: : 2022-12-18 19:17:00

प्रतिकृया दिनुहोस्