यू–१५ महिला साफ च्याम्पियनसिप:नेपालले अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दै

फाइल तस्बिर

तेस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र भुटनाले लिग चरणको अन्तिम खेलमा आइेतबार प्रतिस्पर्धा गर्न लागेको हो ।भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा भारतलाई ४–१ र दोस्रो खेलमा बंगलादेशलाई २–१ को नतिजा नेपालले सुम्पिएको थियो ।

नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसँगै भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ ।प्रतियोगिताको पहिलो संस्करणको उपाधि बंगलादेश र दोस्रो संस्करणको उपाधि भारतले जितेको थियो ।

प्रकाशित मिति: : 2019-10-13 10:23:13

प्रतिकृया दिनुहोस्