वर्तमान नेतृत्वमा ‘भिजन’ नै स्पष्ट छैन: पूर्वराष्ट्रपति यादव

फाइल तस्बिर

पूर्वराष्ट्रपति रामवरण यादवले राजनीतिक नेतृत्वमा ‘भिजन’नभएको बताएका छन् ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले आइतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले स्वर्गीय गिरिजा प्रसाद कोइरालामा जस्तो अहिलेका नेतामा मुलुक बनाउने दृष्टिकोण नभएको बताए । तत्कालिन सशस्त्र द्धन्द्धको अन्त्यसँगै शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने सवालमा स्वर्गीय कोइरालाले स्पष्ट दृष्टिकोण राखेकाले स्वदेशी र छिमेकी राष्ट्रको पनि साथ र सहयोग प्राप्त भएको भन्दै उनले वर्तमान नेतामा भने ‘भिजन’ नै स्पष्ट नभएको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेका नेताहरुमा न हृदय छ । न भिजन छ । होराईजन नै सानो देखिएको छ ।’ पुर्व राष्ट्रपति यादवले शान्ति प्रक्रिया, गणतन्त्र स्थापना , राष्ट्रियता र प्रजातन्त्रमा स्वर्गीय कोइरालाको योगदान अतुलनिय रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजनीतिक विकासक्रमसँगै विकास निर्माण, मेडिकल कलेजको विस्तार तथा समग्र शिक्षा प्रणालीमा गिरिजा प्रसाद कोइरालाको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा नेताहरु शेखर कोइराला, डाक्टर रामशरण महत, सुजता कोइराला लगायतले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति: : 2019-10-13 15:54:11

प्रतिकृया दिनुहोस्