चिनियाँ राष्ट्रपति सी चिनपिङ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता (भिडियाे सहित)

बिएल

चिनियाँ राष्ट्रपति सी चिनपिङ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।
शनिबार साँझ सोल्टी होटलमा देउवा र सीबीच भेटवार्ता भएको हो। दुवै नेताले करिब २० मिनेट कुराकानी गरेका थिए।

भेटमा देउवाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)प्रति आफ्नो समर्थन रहेको बताएका थिए। उनले नेपालमा चिनियाँ लगानीको अपेक्षा पनि प्रस्तुत गरेका गरिएको जनाइएको छ। कांग्रेसले समर्थन राखिरहेको एक चीन नीतिप्रति सीले आभार व्यक्त गरेका थिए। भेटमा सी ले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिएका छन्।

प्रकाशित मिति: : 2019-10-13 16:12:58

प्रतिकृया दिनुहोस्