‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक, सन्दीप सम्मिलित टिमकाे खेल कहिले ?

फाइल तस्बिर: बिएल

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन्।

इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो। विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपलाई ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्यमा अनुबन्ध गरेकाे हाे।

एक सय बलको हुने ‘द हन्ड्रेड’  प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १५ अगष्टसम्म चल्ने छ। प्रतियोगिताको पहिलो खेल सन्दीप सम्मिलित टिम ओभलले वेल्स फाएरसँग जुलाई १७ मा खेल्ने छ।

यस्तै दोस्रो खेल ओभलले म्यानचेस्टर ओरिजिन्लससंग जुलाई २५, जुलाई २६ मा साउदर्न ब्रेभ, २९ मा लन्डन स्प्रिट, अगष्ट २ मा ट्रेन्ट रकेट्स, अगष्ट ६ मा लन्डन स्प्रिट र अन्तिम खेल अगष्ट ११ मा बिर्मिङ्घम फोनेक्ससंग खेल्ने छ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन्। हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन्।

आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन्। शीर्ष टिम फाइनलमा पुग्नेछ।

प्रकाशित मिति: : 2019-11-26 17:42:11

प्रतिकृया दिनुहोस्