पूर्वाधारमा कसैले प्रश्न उठाउन सक्दैनः सदस्य सचिव शिलवाल

तस्बिरः बिएल नेपाली सेवा

सागको १३औं संस्करण शुरू हुन अब केही दिन मात्र बाँकी हुँदा अधिकांश खेलस्थलको निर्माण सम्पन्न भएको छैन। निर्माण कार्य धमाधम भइरहेका छन्।

मंसिर १५ गते दक्षिण एशियाली खेलकुद (साग) उद्घाटन हुनुपर्ने दशरथ रङ्गशालाको पुनर्निर्माण लगभग अन्तिम चरणमा पुगेको छ।

दशरथ रङ्गशालासँगै अधिकांश खेल र अभ्यास स्थलहरूको पनि निर्माण सम्पन्न भएको छैन। कतिपय खेलको त खेलस्थल नै टुङ्गो लागेको छैन।

पौडी प्रतियोगिताका लागि सातदोबाटोको हिटिङ पुल पनि अन्तिम अवस्थामा छ।

उता पोखरा रङ्गशालाको पनि निर्माण सम्पन्न भएको छैन । फ्रान्सबाट मगाइएको तयारी पारापिट जोड्ने काम भइरहेको  छ। राखेपलाई खेल सञ्चालनका लागि आवश्यक सामग्री जुटाउन पनि समस्या छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा देश सागमय हुनुपर्ने हो। व्यापक चहलपहल शुरू भइसक्नुपर्ने हो । खेल आयोजना हुने काठमाडौं, पोखरा र जनकपुरका चोक तथा गल्ली सागको रङले रङ्गिइसक्नुपर्ने थियो। राष्ट्रलाई पदक दिलाउन अथक् मिहिनेत गरिरहेका खेलाडीको चर्चा भइरहेको हुनुपथ्र्यो । तर, अझै पनि त्यस्तो देखिएको छैन। तयारी गरेको छ तर फितलो छ। यसै सन्दर्भमा  राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालसँग बिएल नेपाली सेवाका लागि रूपा शर्मा नेहाले गरेको कुराकानीको सम्पादित अंश

 

१३ औ दक्षिण एसियाल खेलकुद (साग) सुरू हुन केहि दिन मात्र बाकि छ तयारी कस्तो छ?

कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता  गर्दा हामीले तीन तहको तयारीमा ध्यान दिनुपर्छ। पूर्वाधारको विकास,खेलाडीको तयारी र कार्यक्रमको उद्‌घाटन तथा समापनसम्मको  व्यवस्थापन गर्नुपर्ने हुन्छ। यी तीनै कुरा अन्तिम चरणमा पुगेका छन्।

पूर्वाधारको कुरा गर्नुपर्दा पहिला २७ वटा खेल थियो त्यसमा प्याराग्लाईडिङ नहुने भयो। अब २६ खेलको तयारी गर्नुपर्नेमा २३ खेलको पुर्वाधार तयार भईसकेको छ भने भोलिसम्ममा बाँकि ३ खेलको तयारी पनि पुरा भईसक्छ।

पोखरामा १३ हजार सिट क्षमताको रंगशालामा प्याराफिटको काम पनि अन्तिम चरणमा पुगिसकेको छ। बाँकी ७ हजार सिट साग पछि पुरा गरी २० हजार सिटको व्यवस्था गरिन्छ ।

नेपालमा दक्षिण एसियाल खेलकुद गराउनको पुर्वाधारको कारणले सम्भव छैन भनेर विरोध पनि भईरहेको थियो नि?

सन् १९९९ मा भएको सागमा १२ वटा मात्र खेलथिए। त्यसको लागि १ वर्ष तयारी गरिएको थियो।

यता यो सागका लागि हाम्रो देशले साग गर्ने भनेर झण्डा उठायो। २ पटकसम्म सार्नुपर्‍यो। अहिले  म आएको ४ महिना मात्र भयो र मैले यो हुन सक्छ भनेर चुनौतिको समाना गर्ने हिम्मत गरेँ।  अहिले यो सम्भव पनि हुँदैछ।  १२  गते पत्रकार सम्मेलन गरेर म यसलाई प्रमाणित गरेर देखाउनेछु। पुर्वाधारको कारणले कसैले कुनै प्रश्न उठाउन नसक्ने गरी काम भएको छ।

५ हजार भन्दा बढि खेलाडि नेपाल आउदैछन्  उनहरको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ?

खेलाडीहरूको लागि हामिले काठमाडौंमा १ सय २५ वटा होटल, पोखरामा ३५ वटा र जनकपुरमा १५ वटा होटल बुक गरेका छौं।

२० तारेख अन्तिम मिति भएपनि अहिलेसम्म पूर्ण नाम आएको छैन। त्यसले गर्दा कसलाई कहाँ राख्ने भन्ने चुनौति थपिएको छ। यो रोग नेपालको मात्र हैन दक्षिण एसियाकै हो।

सबै देशका खेलाडिको नाम लिस्ट अहिलेसम्म पुरै नआएकोले होटल बुकमा केही समस्या समस्या भएको थियो। तर, हामीले लगभग सबै बन्दोवस्त पुरा गरेका छौं।

साग हेर्नबै देशका राष्ट्रप्रमुखलाई निम्ता पठाईएको थियो हाँहर आउनुहुन्छ ?

अहिलेसम्म भुटानको प्रधानमन्त्री र बंगलादेशको राष्ट्रपति आउन चाहेको खबर पाएपनि आधिकारीक पत्र पाएको छैन।

सातवटै देशका खेलकुद मन्त्री यसमा सहभागि हुनुहुनेछ। कतिपय देशका राष्ट्राध्यक्ष आउने कुरा खेल कसरी अगाडि बढ्छ त्यसमा पनि निर्धारण हुन्छ। अन्तिम समयसम्म उहाँहरु आउन सक्नुहुन्छ।

हाम्रा खेलाडीको तयारी कस्तो छ?

सन्१९९९ मा हामिले १ वर्ष तयारी गरेका थियौ अहिले १३ औं सागमा आउँदा खेरी हामिले १३ खेलको तयारी असार मसान्तभन्दा अगाडिबाट सुरू गरेका थियौ। अरू खेल साउनबाट प्रशिक्षण थालेका हौ।

२१  खेलको लागि हामिले  विदेशमा गएर तालिमसमेत लियौं र तालिमले मात्र हुँदैन भनि मैत्रीपूर्णखेल र एक्सोजर खेलमा खेल्न लगायौं। त्यसमा हाम्रो खेलाडीले राम्रो गरेर आएका छन्। ८ वटा खेलका लागि विदेशबाट प्रशिक्षक झिकाएर प्रशिक्षण दियौं।

खेलाडीलाई खुराक पुगेन, पैसा पुगेन भन्ने जस्ता गुनासो आइरहे पनि म आएपछि खेलाडिको पारिश्रमिक १४ सयबाट  अहिले २७ सय ५० पुर्‍याएका छौं।

खेलाडिलाई शारीरिक मानसिक रुपमा बलियो बनाउन न्युट्रिसियनका साथै  डाइटिसियन राखेका छौं। मोरल बुस्टअप बनाउन साईकोलोजिष्ट राखेका छौं।हप्तामा एकपटक  उनीहरूको स्वास्थ्य जाँचको व्यवस्थासमेत गरेका छौं।

विभिन्न देशमा खेलेका पूर्व खेलाडिहरू जसले  गोल्डमेडल पाएका छन्। उनीहरूसँग सेयरिङ्ग कार्यक्रम राखेका छौं।

खेलाडीलाई रमाईलो गराउनमनोरञ्जनकाकार्यक्रमसमेत राखेका छौ। जसले गर्दा हाम्रा खेलाडीको मनोवल एकदमै बढेको छ।

अन्त्यमा सम्पर्ण खेलप्रलाई केही भन्न चाहनुहुन्छ?

 अन्त्यमा यो खेल राष्ट्रिय खेलकुद परिषदको मात्र नभई समग्र नागरिक र राष्ट्रको हो। यसमा अपनत्व लिएर सफल बनाउन सहयोग पुरर्‍याउन सम्पूर्ण नेपाली नागरिकलाई हार्दिक अनुरोध गर्दछु।

प्रकाशित मिति: : 2019-11-26 23:35:06

प्रतिकृया दिनुहोस्