धोनीले सन् २०२१ को आईपिएल संस्करण खेल्ने

तस्बिरः एजेन्सी

भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै सन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।

शास्त्रीले मंगलबार धोनीले भारतिय प्रिमियर लिग (आईपिएल)का लागि प्रशिक्षण सुरू गरिसकेका बताएका छन्। उनको यस कुराले पनि धोनी सन्यासको सोचमा नरहेको स्पष्ट हुने उनले बताए।

यस वर्ष सम्पन्न विश्वकप क्रिकेट पछि कुनै पनि प्रतियोगिता नखेलेका कारण धोनी सन्यासको बाटोमा रहेको बताइदै आइएको थियो। तर शास्त्रीले हालसम्म धोनीले सन्यासको लागि कुनै कुरा नगरेको भन्दै अझै दुईचार बर्ष कृजमा देख्न पाइने बताए।

टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार धोनीले आफ्नो फ्रान्चाइज मालिकहरुलाई सन् २०२१ को आईपिएल संस्करणसमेत खेल्ने बताएको उल्लेख छ।

‘सन् २०२१ को आईपिएल अगाडि ठूलो लिलामी हुनेछ र धोनीले हामीलाई प्रतियोगिता खेल्ने बताइसकेका छन्। त्यसैले उनले टि-ट्वान्टीबाट कुनै पनि बेला सन्यास लिनेछन् भन्ने कुनै प्रश्न नै बन्दैन’, चेन्नई सुपर किङ्स निकट श्रोतलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ।

चेन्नईले धोनीलाई १५ करोड भारूमा किनेको छ। धोनी सन् २०२१ अघि हुने आईपिएल लिलामीमा पुनः आफूलाई पेस गर्ने मनस्थितमा रहेको समाचारमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: : 2019-11-27 11:42:26

प्रतिकृया दिनुहोस्