काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालका दीपक हमालले थप स्वर्ण जितेका छन्। उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा उनलेभारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेका हुन्।
नानकुनको प्रतिस्पर्धामा उनले १९.३२ अंक जोड्दा भारतीय खेलाडी साजन लामाले १९.१७ अंक बटुले। यो नेपालले उसुबाट जितेको यो तेस्रो स्वर्ण हो।
यसअघि मंगलबार उसुबाट विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोको छानछ्वानबाट स्वर्ण पदक हात पारेका थिए।
नेपालले अहिलेसम्म करातेबाट १०, तेक्वान्दोबाट ९ , उसुबाट ३ स्वर्ण, ट्रायथलनबाट २ स्वर्ण, साइक्लिङबाट २ र एथ्लेटिक्सबाट १ स्वर्ण जितिसकेको छ।