माल्दिभ्सका नेपाली टेनिस प्रशिक्षक कुमार अधिकारी

तस्बिरः बिएल नेपाली सेवा

चार वर्षअघिसम्म उनी सातदोबाटोस्थित टेनिस कोर्टमा नियमित प्रशीक्षण गर्थे। तर, यतिबेला उनको भूमिका फेरिएको छ। कुमार अधिकारी, नेपालका पूर्व नम्बर १ टेनिस खेलाडी। जसले सन् २०१० चीनको ग्वान्झाउँमा आयोजना भएको १६ औं एसियाडमा नेपालको प्रतिनिधित्व गरिसकेका छन्।

अहिले माल्दिभ्सका टेनिस खेलाडीको खेलस्तर उकास्न दिनरात खटिएका छन्। उनी काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा माल्दिभ्स टिमका प्रशीक्षक हुन्।

उनको प्रशीक्षणमा माल्दिभ्सले सुधारिएको खेल प्रदर्शन गरिरहेको छ। तीन वर्षअघि माल्दिभ्सको प्रशिक्षक नियुक्त भएका कुमारको नेतृत्वमा खेलाडीले गत वर्ष इन्डोनेसियाको जकार्तामा आयोजना भएको १८ औं एसियन गेम्समा पनि सहभागी जनाइसकेका छन्।

उनलाई सुरुमा माल्दिभ्सले दुई वर्षको करारमा प्रशिक्षक नियुक्त गरेको थियो। उनको प्रशिक्षणबाट सन्तुष्ट भएपछि अहिले एक वर्षलाई करार थप गरिएको छ। उनी माल्दिभ्सले पदकभन्दा पनि स्तर उन्नतिमा बढी ध्यान दिएको बताउँछन्।

‘पहिलेको तुलनामा यसपालिको सागमा माल्दिभ्स खेलाडीको खेलस्तर माथि देखिएको छ,’ बिएल नेपाली सेवालाई अन्तर्वार्ता दिनेक्रममा अधिकारीले भने, ‘हामी जुनियर खेलाडीमा बढी ध्यानकेन्द्रित गरिरहेका छौं।’

नेपालका प्रतिभाशाली यी प्रशिक्षकसँग बिएल नेपाली सेवाले गरेको भिडियो अन्तर्वार्ताः

प्रकाशित मिति: : 2019-12-05 14:21:19

प्रतिकृया दिनुहोस्