नेपाललाई ४ सय मिटर फ्रिस्टाइलमा कास्य

नेपालले पौडीतर्फ ४ सय मिटर फ्रिस्टाइलमा कास्य पदक जितेको छ। गौरिका सिंह, ड्वाने लामा, अनुसिया तण्डुकार र किशोर शाक्यको जोडीले ४ मिनेट ०७ दशमलव ९७ सेकेन्डमा दुरी पुरा गर्दै कास्य जित्यो।

यो स्पर्धामा भारतले ३ मिनेट ५५ दशमलव १७ सेकेन्डमा स्वर्ण र श्रीलंकाले ४ मिनेट ०० दशमलव १८ सेकेन्डमा रजत पदक जित्यो।

प्रकाशित मिति: : 2019-12-05 19:15:13

प्रतिकृया दिनुहोस्