नेपाललाई साग गेम्समा ऐतिहासिक स्वर्ण दिलाएका सशस्त्रका गोपी चन्द पार्कीले अब आफ्नो इच्छा नेपाली खेलकुदका लिजेन्ड बैकुण्ठ मानन्धरको कीर्तिमान तोड्ने रहेको बताएका छन्।
उनले बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिने क्रममा भने, ‘१४ वर्षदेखि साग गेम्समा स्वर्ण जित्ने अठोट थियो। त्यो आज पुरा भएको छ। अब मेरो इच्छा बैकुण्ठ गुरु जिवित रहँदै उहाँको कीर्तिमान तोड्ने रहेको छ।’
बैकुण्ठ मानन्धरले पनि आफू जिवित हुँदै आफ्नो कीर्तिमान नयाँ पुस्ताका नेपाली खेलाडीले तोडोस् भन्ने कामना गर्दै आइरहेका छन्। ‘म गुरुको त्यो इच्छा पुरा गर्न चाहन्छु।’
गोपीले ५ हजार मिटर दौडमा शुक्रबार नेपाललाई स्वर्ण दिलाए। साग गेम्समा नेपालले ५ हजार मिटरमा स्वर्ण जितेको पहिलो पल्ट हो।