१३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा अभिलाषा बिष्ट र आइरा महऋषि राउतले पनि कास्य जितेका छन्। उनीहरु शनिबार भारतीय खेलाडीसँग सेमिफाईनल खेलको सोझो सेटमा पराजित भएपछि यो जोडीले कास्यमै चित्त बुझाउनु पर्यो।
उनीहरु शुक्रबार सातदोबाटोस्थित लनटेनिस कोर्टमा भएको खेलमा टाइब्रेकरमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए। उनीहरूले पाकिस्तानविरूद्ध पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेट २–६ ले गुमाएको यो जोडीले अन्तिम सेट टाइब्रेकरमा १३–११ मा पराजित गरेका थिए।