एथलेटिक्स प्रशिक्षकले भने–सामूहिक जिम्मेवारीका कारण तीन स्वर्ण जित्ने इतिहास रच्यौं

तस्बिरः बिएल नेपाली सेवा

एथलेटिक्सले दक्षिण एसियाली खेलकुद (साग) मा तीन वटा स्वर्ण जितेर इतिहास बनाएको छ। सन् १९८४ देखि सुरु भएको साग गेम्सको ३५ वर्ष लामो इतिहासमा एथलेटिक्सले यसअघि दोहोर्याएर स्वर्ण जितेको थिए।

बैकुण्ठ मानन्धरले पहिलो, दोस्रो र तेस्रो सागमा स्वर्ण जित्दा नेपालले १–१ वटा स्वर्ण र सातौं सागमा टिकाराम बोगटीले मात्र स्वर्ण जितेका थिए। दशौं सागमा राजेन्द्र भण्डारीले स्वर्ण जितेपनि उनी डोपिङमा परेका कारण पदक फिर्ता गर्नु परेको थियो।

१३ औं सागमा नेपालका लागि म्याराथनमा किरणसिंह बोगटीले २४ वर्षपछि स्वर्ण दिलाएका थिए। गोपी चन्द पार्कीले ५ हजार मिटरमा पहिलो पल्ट स्वर्ण र सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्ण जित्दै सागमा स्वर्ण जित्ने पहिलो नेपाली धाविकाको पहिचान बनाएकी छिन्।

नेपालले यसपालि ३ स्वर्ण १ रजत र ४ कास्य पदक जितेको छ। महिला म्याराथनमा पुष्पा भण्डारीले रजत जितेकी थिइन। यस्तै, १५ सय मिटरमा टंक कार्की, १० मिटरमा दीपक अधिकारी, ८ सय मिटरमा सोमबहादुर कुमाल र ५ हजार मिटरमा हरि रिमालले कास्य दिलाएका थिए।

नेपाली एटलेटिक्स टिमलाई तयार गरेका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, सहायक प्रशिक्षकद्धय धनिराम चौधरी र छवीलाल थापा तथा टिम ब्यवस्थापक मोहन घलेले सामूहिक जिम्मेवारीका कारण उत्कृष्ट नतिजा आएको बताएका छन्।

बिएल नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिने क्रममा उनीहरूले भने–‘टिम वर्कका कारण नेपालले उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो।’

नेपाललाई ऐतिहासिक सफलता दिलाउन सफल यी प्रशिक्षक र व्यवस्थापकसँग गरिएको कुराकानीः

प्रकाशित मिति: : 2019-12-08 14:58:25

प्रतिकृया दिनुहोस्