ए डिभिजन लिग: मछिन्द्रलाई १-० को अग्रता

तस्बिर: बिएल

सहिद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा अहिले मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफमा मछिन्द्रले १-० को अग्रता बनाएको छ। खेलको ३० औं मिनेटमा योगेश गुरुङको हेड गोलबाट मछिन्द्रले अग्रता बनाएको हो।


विशाल राईको फ्रिकिक क्रस बारमा लागेर फर्किएको रिबाउन्ड बलमा योगेशले हेड गोल गरेका हुन्।

प्रकाशित मिति: : 2019-12-14 15:58:56

प्रतिकृया दिनुहोस्