ब्रजिलियन स्टार नेयमारले स्पेनिस क्लब बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका छन्। बार्सिलोना छाडेको २ वर्षपछि उनले पुरानो हिसाब चुक्ताका लागि भन्दै मुद्दा दायर गरेका हुन्।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जानु अघि आफुले सम्झौता अनुसार रकम र बोनस बापत पाउनुपर्ने ३५ लाख युरो नदिएको भन्दै नेयमारले बार्सिलोनाविरुद्ध मुद्दा दायर गरेका हुन् ।
बार्सिलोनाले त्यो रकम नेयमारले पाउनुपर्ने नपर्ने विषयमा कुनै निर्णय गरेको छैन।
सिजनको सुरुवातमा बार्सिलोनासँगै उनी रियल म्याड्रिड जान सक्ने चर्चा पनि थियो। सबै सम्भावनालाई अन्त्य गर्दै नेयमार पिएसजीमा नै बसेका थिए।