अभिनेताबाट नेता बनेका बलिउड स्टार सनी देवलको सांसद पद समाप्त हुने सम्भावना बढेको छ। यस पालिको लोकसभा निर्वाचनमा उनी गुरदासपुरबाट निर्वाचित भएका थिए।
उनीविरूद्ध चुनावका लागि निर्वाचन आयोगले तोकेको रकमभन्दा बढी प्रचारप्रसारमा खर्च गरेको आरोप छ।
स्थानीय निर्वाचन आयोगले उनले ८ लाख भन्दा बढी रकम खर्चेको रिपोर्ट सार्वजनिक गरेपछि सनी समस्यामा परेका थिए।
निर्वाचन आयोगले लोकसभा निर्वाचनमा एक जना प्रतिनिधिलाई ७० लाख रुपैयाँ मात्र खर्च गर्ने नियम बनाएको थियो।
तर, सनीले ७८ लाख ५१ हजार रुपैयाँ खर्च गरेका थिए। उनीसँग गुरदासपुरबाट चुनाव लडेका सुनील जाखडले सनीको संसद सदस्यता निलम्बन गर्न माग गरेका छन्।