कंगनाको ‘जजमेन्टल’ को दोस्रो दिनको कमाई ११ करोड ५० लाख

Agency

कंगना रनोट र राजकुमार राव अभिनित फिल्म ‘जजमेन्टल’ ले दुई दिनमा ११ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ।

शुक्रबार रिलिज भएको फिल्मले पहिलो दिन खासै आम्दानी गरेको थिएन। पहिलो दिन ४ करोड ५० लाख मात्र कमाई गरेको थियो। दोस्रो दिन ७ करोड आम्दानी गरेको बताइएको छ।

कंगनाको पछिल्लो फिल्म मणिकर्णिकाः द क्विन अफ झासीभन्दा यस फिल्मको पहिलो दिनको कमाई निकै कम हो। मणिकर्णिकाले पहिलो दिन ८ करोड ७५ लाख कलेक्सन गर्न सफल भएको थियो।

 

प्रकाशित मिति: : 2019-07-28 17:22:03

प्रतिकृया दिनुहोस्