चर्चित कार्टुन ‘मिकी माउस’ मा मिन्नीको आवाज दिने रुसी टेलरको शुक्रबार अमेरिकास्थित क्यालिफोर्नियामा निधन भएको छ।
उनी ७५ वर्षको थिइन। उनको क्यालिफोर्नियास्थित ग्लेनडेलमा निधन भएको ‘द वाल्ट डिजनी’ कम्पनीले बताएको छ।
वाल्ट डिजनीका अध्यक्ष र मुख्य कार्यकारी डिजनी बब इगरले विज्ञप्ती सार्वजनिक गर्दै यसको पुष्टी गरेका हुन्।
टेलरले ३० वर्षदेखि मिन्नीको अभिनयमा आवाज दिँदै आइरहेकी थिइन। उनको स्वरको लाखौं प्रशंसक छन्।
टेलर आफै पनि डिजनीको ठूलो प्रशंसक थिइन। उनले पूर्व अभिनेता वेन आल्भिनसँग विवाह गरेकी थिइन। जसले मिकी माउसलाई आवाज दिएका थिए। आल्भिनको पनि निधन भइसकेको छ।