बिएल संवाददाता
कलममा थुनिएका योजना
कापीमा पोखिएका इच्छा
झोलामा झुन्डिएका सपना
आज
हजारौँ दिनपछि जागेर
प्रश्न उठाउँदैछन्।
म विक्षुप्त भौतारिदै
जवाफको खोजीमा छु।
खस्रा रातमा सङ्लो मनले
कल्पना गरेका किशोर सपना
साकार हुन सकेनन्।
आकाश छुन नपाउँदै
पखेटा काटिए।
पराइघर उपेक्षा गर्न पढिएको पुस्तकले
झन् पराइघरतिर घचेट्यो।
आफ्ना नजिकिँदा मलाई
झन् पराइतिर धकेल्यो।
र त,
सुकेको पसिना
लुकेको डर
झुकेको शिर
फुटेको कर्म
टुटेको साथ
मेरो जीवनको मन्त्र बने।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया