तेलुगु फिल्मका स्टार विजय देवरकोन्डा अभिनित फिल्म ‘डियर कमरेड’ २६ जुलाईमा रिलिज भइसकेको छ। तर, फिल्म रिलिजपूर्व नै करण जौहरका कारण चर्चामा आएको थियो।
बलिउडका चर्चित निर्माता निर्देशक जौहरले यसको हिन्दी रिमिकका लागि अधिकार किनेका छन्।
करणले तेलुगु फिल्मका लागि अहिलेसम्मकै सर्वाधिक रकम खर्चेका छन्। उनले यो फिल्मको प्रतिलिपी अधिकारका लागि ६ करोड रुपैयाँ खर्चेको बताइएको छ। करण हिन्दीमा डबिङ हुने यो चलचित्रमा इशान खट्टर र जाह्नवी कपुरलाई अभिनय गराउने योजनामा छन्।
‘डियर कमरेड’ को हिन्दी रिमिकका लागि साजिद नाडियाडवाला, भूषण कुमार, मुराद खेतानी र विजय गिरानीले प्रतिलिपि अधिकार किन्न खोजेका थिए। तर, उनीहरू धेरै रकम खर्चिने योजनामा थिएनन्। त्यसैले उनीहरू पछाडि हटेका हुन्।
पछिल्लो समय अर्जुन रेड्डीको रिमिक फिल्म ‘कबीर सिंह’ ले बलिउडमा सर्वाधिक रकम कमाएको थियो। अक्षय कुमारको लक्ष्मी बम्बई पनि कन्चना को रिमिक हो।