बलिउड स्टार अक्षय कुमारको फिल्म एकपछि अर्को गर्दै हिट भइरहेको छ। उनी बर्षमा एउटा वा दुईवटा फिल्म गरिरहेकै हुन्छन्। पछिल्लो समय उनको फिल्म १ सय करोड क्लबमा प्रवेश गर्न सफल भइरहेको छ।
यसै कारण अक्षयले आफ्नो पारिश्रमिक पनि बढाएका छन्। फोब्र्सले हालै सार्वजनिक गरेको रिपोर्टमा अक्षय विश्वको सयौं धनी सेलिब्रिटीमा समावेश भएका थिए।
अक्षयले एउटा फिल्मको पारिश्रमिक ५४ करोड लिने गरेको बताइएको छ। भारतबाट प्रकाशित हुने डेक्कन क्रोनिकलका अनुसार अक्षय पहिले धेरै कम पारिश्रमिक लिने गर्थे। अक्षयले २०१२ मा ‘राउडी राठौड’का लागि २७ करोड लिएका थिए।