भारतमा जन्मिएकी डाक्टर मुखर्जीलाई ‘मिस इंग्ल्यान्ड’ को उपाधि

Agency

भारतमा जन्मिएकी २३ वर्षीय डाक्टर भाषा मुखर्जीले ‘मिस इंग्ल्यान्ड’ को उपाधि जितेकी छिन्। उनले अब बेलायतको प्रतिनिधित्व गर्दै विश्व सुन्दरी प्रतियोगितामा भाग लिने छिन्।

९ वर्षको उमेरमा परिवारसँग बेलायत गएकी भाषाले दुई वटा विषयमा स्नातकको पढाई गरेकी छिन्।

बेलायतको डर्बीमा बसोबास गर्ने भाषाले बिहीबार राती भएको स्प्र्धामा अन्य प्रतियोगीलाई उछिन्दै ‘मिस इंग्ल्याण्ड’ को उपाधि जितेकी हुने।

उपाधि जित्न उनलाई सामान्य ज्ञानको उच्च ज्ञानले महत्वपूर्ण भूमिका खेलेको थियो। बंगाली, हिन्दी, अंग्रेजी, फ्रेन्च र जर्मनी भाषामा पोख्त मानिएकी उनी नटिङ्घम विश्वविद्यालयबाट मेडिसिन र सर्जरीमा स्नातक हुन्।

‘मिस इंग्ल्यान्ड’ को उपाधि जितेको केही घण्टापछि उनी लिंकनशायर बोस्टनको पिलग्रिम अस्पतालमा डाक्टरीको काममा फर्किएकी थिइन्।

याे पनि पढ्नुहाेला।
श्रीमानले छाेडेकी, दुबै खुट्टा नभएकी सुभद्राकाे जिउने अठाेट

 

 

 

प्रकाशित मिति: : 2019-08-03 17:01:06

प्रतिकृया दिनुहोस्