मिस गुरूङ इन्टरनेशनल सिजन ३ मा ४० सुन्दरी छानिए

तस्बिरः बिएल

काठमाडौं । तेस्रो संस्करणको मिस गुरुङ इन्टरनेशनल प्रतियोगिताका लागि ४० सुन्दरी छानिएका छन्।

मृगतृष्णा फेसन एन्ड प्रोडक्सन प्रा.लिले आयोजनामा हुन लागेको प्रतियोगितामा इटहरी, चितवन, कावासोती, बुटवल, पोखरा र काठमाडौंमा गरि १ सय ५० भन्दा बढी गुरूङ युवतीले प्रतिस्प्रर्धा गरेका थिए।

भदौ २८ मा प्रज्ञा भवन कमलादीमा हुने अन्तिम चरणको छनोटको लागि पहिलो चरणबाट देशैभरिबाट छानिएका ४० योग्य प्रतियोगिलाई अवसर प्रदान गरिने छ।

छनोट भएका प्रतियोगिलाई १ महिनासम्म विभिन्न किसिमका व्यक्तित्व, नेतृत्व तथा गुरुङ संस्कृति र सभ्यतासँग सम्बन्धित विभिन्न किसिमका तालिम प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन्।

मिस गुरुङ ईन्टरनेशनल सहित कुल १२ विधामा प्रतियोगिले प्रतिस्पर्धा गर्नेछन्। ५ उत्कृष्टलाई स्कुटर सहित १० लाख बराबरको पुरस्कार व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ।

मिस गुरुङ ईन्टरनेशनलको तेस्रो संस्करणको कार्यक्रमको व्यवस्थापन बि.एण्ड.बि ईभेन्ट मेनिया प्रा.लि.ले गरेको छ।

प्रकाशित मिति: : 2019-08-04 09:33:51

प्रतिकृया दिनुहोस्