युवा अभिनेता कार्तिक आर्यन र सारा अली खानको प्रेमालापले नवावीहरूको शहर लखनउ गुलजार भएको छ।
सारा मंगलबार लखनउबाट मुम्बई फर्किदैं थिइन। उनलाई विमानस्थलमा छोड्न स्वयम कार्तिक गएका थिए। विमानस्थलबाट सुरक्षाजाँचमा जानुअघि बाहिर यी दुई युवा कलाकार एक–आपसमा आलिंगनमा लामो समय टाँसिएपछि लखनउले उनीहरूको प्रेमलाई महसुस गरेको थियो।
याे पनि पढ्नुहाेस।
विमानस्थलमा भएका सबैले उनीहरू आलिंगनमा टाँसिएको भिडियो मज्जाले खिचेका थिए। कार्तिक अहिले आफ्नो आगामी फिल्म ‘पति पत्नी और वो’ को सुटिङका लागि लखनउमा छन्। सारा उनलाई भेट्नका लागि लखनउ आएकी थिइन।
सारा र कार्तिकको ‘लभ आजकल’ को रिमिक रिलिजको तयारीमा छ। यो फिल्मको निर्देशन इम्तियाज अलीले गरेका छन्। फिल्म १४ जनवरीमा ‘भेलेन्टाइन डे’ को दिन रिलिज हुँदैछ।
याे पनि हेर्नुहाेस।