तमिल स्टार विजयले आफ्नो आगामी फिल्म ‘बिगिल’ को सुटिङ सफलतापूर्वक सम्पन्न गरेको खुसीयालीमा आफूसँग काम गर्ने ४ सय जनालाई सुनको औंठी उपहारस्वरुप बाँडेका छन्।
उनले बाँडेको औठीमा अग्रेंजीमा फिल्मको नाम ‘बिगिल’ लेखिएको छ।
मंगलबार उनको सुटिङ समाप्त भएको थियो। उनले राती सबैलाई उपहार बाँडेका थिए। एजिएस सिनेमाकी सिइओ तथा बिगिलकी निर्माता अर्चना कुलपतिले ट्वीटरमार्फत यसको जानकारी दिएकी हुन्। उनले ट्वीटमा लेखेकी छिन्, ‘बिगिल फिल्ममा कूल ४ सय जनाले काम गरेका थिए। विजयले आज सबै क्रु मेम्बरलाई उनीहरूको मिहिनेत र सफलताका लागि उपहार दिए। प्रेमपूर्वक दिइएको यो उपहारले सबैको मन जितेको थियो।’
फिल्ममा आवद्ध एक कलाकार आथमाले पनि ट्वीटमा एउटा भिडियो शेयर गर्दै उपहारमा सुनको औंठी प्राप्त गरेको देखाएका थिए। यसका लागि उनले विजयलाई धन्यबाद भनेका छन्।
विजयले अभिनय गरेको यो फिल्ममा भिलेनको भूमिका बलिउड स्टार शाहरुख खानले निभाउँदै छन्। फिल्मको पहिलो पोस्टर विजयको जन्मदिन अर्थात १२ जुनमा रिलिज गरिएको थियो। फिल्ममा विजय बुवा र छोराको दोहोरो भूमिकामा छन्। एउटा अग्रेंजी अखबारका अनुसार शाहरुख ‘क्लाइमेक्स’ मा मात्र देखा पर्नेछन्।
याे पनि हेर्नुहाेस।