अक्षय कुमार अभिनित ‘मिसन मंगल’ ले पहिलो दिन कीर्तिमानी आम्दानी गरेको छ। अगस्ट १५ मा भारत स्वतन्त्र भएको दिन पारेर बुधबार सार्वजनिक गरिएको फिल्मले पहिलो दिन २९ करोड १६ लाख कमाईं गरेको छ।
अक्षयको सन् २०१६ देखि रिलिज भएको फिल्ममध्ये ‘मिसन मंगल’ को आम्दानी सर्वाधिक हो। सन् २०१६ मा ‘रुस्तम’ ले १४ करोड ११ लाख, २०१७ मा ‘ट्वाइलेट एक प्रेम कथा’ ले १३ करोड १० लाख, सन् २०१८ मा ‘गोल्ड’ ले २५ करोड २५ लाख कमाई गरेको थियो।
भारतको स्वतन्त्रता दिवसमा रिलिज भएको फिल्ममध्ये पहिलो दिन आम्दानी गर्ने मामिलामा ‘मिसन मंगल’ तेस्रो नम्बरमा उक्लिएको छ।
पहिलो नम्बरमा ‘सिंघम रिर्टन’ ले ३२ करोड, दोस्रोमा ‘एक था टाइगर’ ले ३१ करोड आम्दानी गरेको थियो।
याे पनि पढ्नुहाेस