एनआरएनए चुनावको मतदान सम्पन्न, आजै मतपरिणाम आउने

तस्बिरः बिएल

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ। निर्वाचन समितिका अनुसार मतदानमा २३ सय ४४ मत खसेको छ।

मतगणना र मत परिणाम आजै सार्वजनिक हुने निर्वाचन समितिले जानकारी दिएको छ।

बुधवार नै सकिने निर्वाचन प्राविधिक कारणले स्थगित भएको थियो।

करिब ९२ प्रतिशत मतदानमध्ये युरोपबाट ९२०, अफ्रिकाबाट १६, मिडलइष्टबाट ४७०, एशिया प्यासेफिकबाट ४६२, अमेरिकाबाट २६१, ओसिनियाबाट २१५ गरी २३४४ मत खसेको हो। कूल मतदाता २५७० जना रहेका थिए ।

४२ पद मध्ये १४ विभिन्न पद निर्विरोध भएका छन्। नयाँ नेतृत्वका लागी कुल आचार्य र कुमार पन्त को प्रतिस्पर्धा छन्।

यसैगरी महासचिवमा जानकी गुरुङ र डा हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि शुरु भएको सङ्घको नवौँ नेपाली विश्वसम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन्। शुक्रबार समापन समारोह हुने जनाइएको छ ।

प्रकाशित मिति: : 2019-10-17 20:02:14

प्रतिकृया दिनुहोस्