अक्षय कुमारको अर्को फिल्म ‘मिसन मंगल’ एक सय करोड क्लबमा प्रवेश गर्न सफल भएको छ।
रिलिजको ५ दिनमा ‘मिसन मंगल’ एक सय करोड क्लबमा आवद्ध भएको हो।
गत वर्ष रिलिज भएको २.० पनि ५ दिनभित्र एक सय करोडमा प्रवेश भएको थियो।
यसै वर्ष रिलिज भएको उनको फिल्म ‘केसरी’ पनि ७ दिनभित्र एक सय करोडमा प्रवेश गरेको थियो।
याे पनि पढ्नुहाेस।
अक्षयको ‘मिसन मंगल’ स्वतन्त्रता दिवस अगस्ट १५ मा रिलिज भएको थियो। रिलिजको पहिलो दिननै यो फिल्मले २९ करोड १६ लाख आम्दानी गरेको थियो। शनिबार र आइतबारको बीचमा फिल्मले ५१ करोडको हाराहारीमा कमाईं गरेको बताइएको छ।
अगस्ट १५ मा अक्षयको फिल्मसँगै जोन अब्राहमको ‘बटला हाउस’ पनि रिलिज भएको थियो। तर, जोनको फिल्मले अक्षयजस्तै कमाईं गर्न सकेको छैन।
याे पनि पढ्नुहाेस।